आजबाट अत्यन्तै पवित्र योग बन्दै, विश्वभरबाट कोरोना नियन्त्रणमा आउने विश्वास

काठमाडौं । बिहीबार यस्तो एउटा दुर्लभ गुरुपुष्य योग बन्दैछ जुन योग पर्नका लागि मानिसहरुले धेरै लामो समय कुर्नुपर्ने ज्योतिषीहरुले जानकारी गराएका छन् ।वैशाख शुक्लपक्षको सप्तमी तिथिमा उक्त योग बन्न लागेको हो । शास्त्रमा बताईए अनुसार वैशाख महिना सूर्यको उच्च राशि हो भने सप्तमी तिथि सूर्य ग्रहकै तिथि हो ।बिहीबार पुष्य नक्षत्र सप्तमी तिथि र शुक्लपक्ष भएकाले पनि यसलाई विशेष रुपमा हेरिने गरिएको हो । अप्रिल ३० तारिख अर्थात महिनको अन्तिम दिनमा बन्नलागेको उक्त गुरुपुष्य योगबाट विश्वभरि नै यसको सकारात्मक प्रभाव पर्ने भन्दै पश्चिमा देशहरुमा खुसी व्यक्त गरेका छन् ।

विश्वभरि फैलिएको महामारी यस्ता खाले पबित्र योगका कारणबाट बिस्तारै कमी हुने भारतीय ज्योतिषीहरुले व्याख्या गरेका छन् । यसको सकारात्मक प्रभावका कारणबाट देशमा भएको राजनीति संकट पनि पार हुने ज्योतिष हरुले दाबी गरेका छन् ।२७ नक्षत्रहरु मध्ये आठौंमा पुष्य नक्षत्र पर्दछ भने यसका स्वामी शनिग्रह हुन् । यस समयमा गरिएका हरेक प्रकारका शुभ कर्महरु सफल रहनेछन् । रोकिएका हरेक कामहरु यसै समयबाट सुरु गरेमा रोकिएका काम सुचारु हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। हरेक प्रकारका कर्म गर्नका लागि उक्त योग शुभ मानिन्छ ।

घर तथा जग्जा जमिन किन्न बेच गर्नका लागि गुरुपुष्य योगलाई सिद्ध योग भनिन् । पारिवारिक सम्बन्धमा हुने गरेका हरेक प्रकारका समस्या तथा मुद्दा मामिलामा लामो समयसम्म काम नबनेकाहरुका लागि यसै योगमा पहल गरेमा कार्य सिद्ध हुने ज्योतिषीहरुले जानकारी गराएका छन् ।यस्ता नक्षत्रमा जन्मेका मानिसहरूले अरुको काममा साथ दिने तथा प्रसिद्धि हुने कुरा उल्लेख गरिएको छ । सन्त माहत्माहरुका लागि यस्ता प्रकारका योगले विशेष महत्त्व राख्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *