आज यूके पाउण्डसहित केही देशका मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज जेष्ठ १९ गते, २ जुन (मंगलबार) यूके पाउण्डसहित थोरै देशको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ घटेको छ।आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ १७ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ६६ पैसा रहेको छ।त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २४ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ९९ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २८ रहेको छ।युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ १० पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ९० पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *