विदेशमा रहेका करिब ६ लाख नेपालीलाई उद्दार गर्नुपर्ने

काठमाडौं : युएई र कुवेत सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ।

त्यस्तै नेपालले तत्काल २ लाख १० हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको ज्ञवालीले यो तथ्यांक सार्वजनिक गरेका छन्। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिको संख्याबारे एक अध्ययन गरेको थियो। उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा ५ लाख ८८ हजार ७ सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताए। जसमध्ये भारतबाट मात्र २ लाख ५० हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *