विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै प्रहरी नियन्त्रणमा

चितवन, बैशाख २३ । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो ।चितवनको रत्ननगर वडा नं ५ घर भएका शर्मा भर्याङबाट लडेपछि उपचारका लागि अस्पताल लगिएको थियो । परिवारका सदस्यहरुले चितवन भरतपुरको पुरानो मेडिकल कलेज लगेको सूचना पाएपछि प्रहरीले त्यही नियन्त्रणमा लिएको हो ।

अस्पतालको आकस्मिक कक्षमा उपचाररत शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवन प्रहरीले विप्लव समूहका नेता पक्राउ गरेको पुष्टि गरे पनि नाम भने सार्वजनिक गरेको छैन ।टिकट काट्दा उनले नाम रमेश रिमाल भनेर नाम टिपाएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरूङले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *