बेइजिङ । चीनले अहिले पनि नोभेल कोरोना भाइरसको दोस्रो लहरको ‘ठूलो चुनौती’ को सामना गरिरहेको चिनियाँ वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ तथा चिनियाँ चिकित्सा सल्लाककार डा. जोङ नानशानले चेतावनी दिएका छन् । कोरोनाविरुद्धको खोप विकासमा तीव्रता दिइरहेका बेला समुदायमा इम्युनिटीको कमी भएका कारण कोरोना संक्रमणको दोस्रो लहर बढ्नसक्ने बताइएको छ ।
सीएनएनसँगको शनिबार गरिएको अन्तर्वार्ताका क्रममा उनले चिनियाँहरुले अझै कोभिड-१९ को जोखिमबाट पार नपाएको बताएका हुन् । चीनमा करोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै लकडाउन खुला र खुकुला बनाइएका थिए भने विद्यालय र उद्योगधन्दाहरु पुन:सञ्चालन गरिएका थिए ।
तर, कोरोना संक्रमणको दोस्रो लहरको चुनौती नटरेको उनले बताए । पछिल्लो साता चीनमा कोरोना संक्रमणका नयाँ केसहरु देखिएको डा. जोङले बताए । कोरोना प्रकोपको सुरुआत भएको वुहान, उत्तरपूर्वी हेइलोङजियाङ र जिलिनमा नयाँ कोरोना संक्रमितहरु फेला परेका हुन् ।
“अधिकांश चिनियाँ गतिविधिहरुले कोरोना संक्रमणको जोखिमप्रति आशंका उब्जाएको , किनकी इम्युनीटीको अभाव छ,” उनले भने, “हामीले ठूलो चुनौतीको सामना गरिरहेको छौं । यो कुनै विदेशी मुलुकभन्दा राम्रो स्थिति भने छैन ।”
फेब्रुअरीको सुरुआतमा तीन हजार ८८७ नयाँ संक्रमित देखिएको चीनमा एक महिनापछि भने कोरोना संक्रमितको अवस्था ‘डबल डिजिट’मा झरेको थियो । तर, यही समयमा अमेरिकामा भने ४७ बाट उक्लिएर २२ हजार ५६२ मा पुगेको थियो । – सीएनएन