पल्सर २२० एफ एबीएस नेपाल भित्रियो, लकडाउनपछि बिक्री सुरु हुने, यस्तो छ नया मूल्य

काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल बजाज पल्सर २२० को एबीएस भर्सन नेपाली बजारमा भित्रिएको छ । कोरोनाका कारण लकडाउन भएपछि यो मोटर साइकल २२० एफको एबीएस भर्सन बिक्री शुरु हुन सकेकाे थिएन । अब लकडाउन सकिएपछि बिक्री सुरु हुने भएको हो ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले नेपालमा नै एसेम्बल गरेको यो मोटर साइकलको मूल्य ३ लाख ३६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । बजाज अटोले केही समय अगाडि भारतीय बजारमा बजाज पल्सर २२० को एबीएस भर्सन सार्वजनिक गरेको थियो । दुवै ह्वीलमा डिस्क ब्रेक रहको यो मोटरसाइकल हाल नेपाली बजारमा नन् एबीएस भर्सनमा विक्री हुँदै आएको छ ।

सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलो ग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ । नेपाली बजारमा नन् एबीएस भर्सनको मूल्य ३ लाख १६ हजार ९०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *