प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले सोमबार साँझ ५ : ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। ‘५:३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ’ थापाले भने ‘त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।’

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ।यसअघि २०७६ चैत ७ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *