बजेट छलफलमा अर्थमन्त्री हराएपछि…

काठमाडाैं- संघीय संसदमा प्रि बजेट छलफल चलिरहेको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले दलीय आधारमा बोल्दै थिए। संसदको प्रि बजेट छलफलमा भाग लिन अर्थमन्त्री युवराज खतिवडा पनि संसद पुगेका थिए।शून्य समय समाप्त भएपछि दलीय आधारमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई बजेटको सिद्धान्त र प्राथमिकतामा बोल्न समय उपलब्ध गराए।

उनले दिएको समयमा बोल्नेक्रममा राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्गदेन रोष्टममा पुगे। उनी रोष्टममा पुग्दा अर्थमन्त्रीलाई देखेनन्। अर्थमन्त्री नै नभएपछि कसले सुन्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए।सभामुख सापकोटाले अर्थमन्त्री यतै भएको भन्दै बोल्न आग्रह गरे। तर, उनले फेरि पनि अर्थमन्त्री खोजे। आफूले बोल्ने तर सुन्ने मान्छे नै नभएपछि कसरी जवाफ आउने र कर्मकाण्डका लागि किन छलफल गर्नु भन्दै प्रश्न उनले उठाए।उनले रुलिङको माग गरे। तर, सभामुखले उहाँ आउनुहुन्छ तपाईं अगाडि जानुस् भनेपछि उनले बोल्न थाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *