सूर्य ४०० वर्ष यताकै चिसो: पृथ्वीको के होला हालत यसो भन्छन् वैज्ञानिक….

एजेन्सी – आउने ३० वर्ष पृथ्वीको तापक्रम धेरै कम हुने वैज्ञानिकहरुले दावी गरेका छन्। सूर्य एक प्राकृतिक शीतस्वापनबाट गुज्रने हुँदा पृथ्वी सहित अन्य ग्रहहरुको तापक्रम अध्याधिक कम हुने वैज्ञानिकहरुको दावी छ।सूर्यको प्राकृतिक सीतनिद्रा केहि समयमै शुरु हुने र त्यसले सूर्य साविक भन्दा चिसो हुने विभिन्न अनुसन्धानकर्ताहरुले बताएका छन्। सूर्य कम तातो हुँदा त्यसको असर पृथ्वीमा पर्ने बताइएको छ।

यस्तो अवस्थामा पृथ्वी चिसो भई खाद्यान्न उत्पादनमा कमी आउन सक्छ। आउने तीस वर्ष पृथ्वीमा खाद्यान्न आइपर्न सक्ने तर्फ ध्यान दिनुपर्ने वैज्ञानिकहरुको भनाई छ।वैज्ञानिकहरुले सूर्यको यस्तो प्रक्रियालाई ‘सोलार मिनिमम’को नाम दिएका छन्। यस्तो प्रक्रियामा सूर्यले सामान्य भन्दा कम उर्जा वा तातो निर्गमन गर्छ। नासाका अनुसार सन् २०२० मा सूर्यको क्रियाशीलता २ सय वर्ष यताकै कम हुनेछ।

नर्थम्बरिया विश्वविद्यालयकी विशेषज्ञ भ्यालेन्टीना झारकोवाका अनुसार सूर्यको यस प्रक्रियाका कारण पृथ्वीको औसत तापक्रम एक डिग्री सेल्सियसले घट्न सक्छ। सुन्दा एक डिग्री सेल्सियस कम लागेपनि १२ महिनाको गिरावटले भने धेरै फरक पर्ने उनी बताउँछिन्। यो तापक्रम गिरावट अर्थपूर्ण हुने उनको भनाई छ।

‘सोलार मिनिमम’ सूर्यको नियमित प्राकृतिक चक्र हो। ११ वर्षमा सूर्य सामान्य ‘सोलार मिनिमम’को चक्रबाट गुज्रने भएता पनि सन् २०२०को ‘सोलार मिनिमम’ महत्वपूर्ण हुने भ्यालेन्टीना बताउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *